Thursday, May 21News That Matters

रौतामाइमा पहिलो पटक पालिका स्तरिय वाल भेला सम्पन्न,१५ सदस्यिय सन्जाल समिति

शंकर रिखाम मगर
पूर्णपुष्टि,असार ३ । उदयपुरको रौतामाइ–६, चिसापानीमा पालिका सतरिय ३६ बालबालिकाहरुको सहभागितामा पालिका स्तरीय बाल भेला सम्पन्न गर्दै १५ सदस्यिय समिती चयन गरिएकोछ । दुई दिन देखि संचालनमा आएको बाल भेला रौतामाई गाउँपालिकाको १ देखि ८ वटै वडाहरुका बाल क्लव सन्जालका प्रतिनिधिहरु ८ वालक र २८ वालिका गरि ३६ वालवालिकाहरुले सहभागिता जनाएकाथिए ।

उक्त वाल भेला रौतामाइ,६ का वडा बाल सन्जालकि अध्यक्ष विनिता वि।क।को अध्यक्षता र रौतामाइ,६ का अध्यक्ष पृथ्वीकुमार राइको प्रमुख अतिथीमा सन्चालन गरिएकोथियो । बाल भेलाको उद्देश्य, कानुनी मान्यता, आवश्यकता र महत्त्व, सवाल र पहिचान, प्राथमिकिकरण र योजना तर्जुमा जस्ता बिषयबस्तुहरुमा जाल्पा एकीकृत विकास समाजका रुद्र प्रसाद पोखरेलले तालिम सहजीकरण गरेकाथिए ।

वालभेलाले सवै वडालाइ समेटेर पालिका स्तरिय बाल सन्जाल गठन गरेकोछ जसमा अध्यक्ष तेजनारायण श्रेष्ठ, उपाध्यक्ष रमिला वि।क।, सचिव कोपिला परियार, सह सचिव विनिता वि।क।, कोषाध्यक्ष विनुका दियाली र सदस्यहरुमा क्रमशस् सविन मगर, प्रदिप वि।क।, लेखकुमारी खत्री, जगत तामाङ, पुष्पा वि।क।, ठमिना वस्नेत, उमा मगर, प्रेमिका राई, रोनिशा रास्कोटी र तिर्सना राई गरि १५ सदस्यिय समिती चयन गरिएकोछ ।

अवको दिनहरुमा वाल वालिकाहरुको निम्ति पालिका स्तरिय कार्यक्रमको योजनाहरु बाल वालिकाले नै गर्नु पाउनु पर्ने वताउदै आ.व.२०८०र०८१ मा विनियोजन गर्नको लागि कार्यपालिका वैठकमा पहल गर्न जाने रौतामाइ बाल सन्जाल समितिका अध्यक्ष तेजनारायण श्रेष्ठले वताए ।

हाल सम्म गर्न नसकेको वाल भेला जाल्पा एकीकृत विकास समाजको आयोजना तथा वर्ल्ड भिजन नेपालको सहयोग र रौतामाइ गाउँपालिकाको समन्वयमा सन्चालन भएको पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा आफ्नो र वडाको तर्फवाट सके सम्म सहयोग गर्ने वाचाका साथ अन्य निकायहरुमा पनि कार्यक्रमको लागि पहल गर्ने रौतामाइ,६ का अध्यक्ष तथा भेलाका प्रमुख अतिथि पृथ्वीकुमार राइले वताए ।

हामिले पाउने हाम्रो अधिकार सुनिश्चित गर्नको लागि अगाडि वढ्नु पर्ने र अवको दिनमा मागेर पाइएन भने संघर्ष गरेर पनि लिनेछौं । साथै वालवालिकाको निम्ति राज्यले छुट्याइएको वजेट कहाँ खर्च गरिएकोछ त्यसको वारेमा पनि हामी वडा तह र स्थानिय तहमा वुझेर कार्यक्रमहरु सन्चालन गर्ने भेलाका अध्यक्ष विनिता विकले वताइन ।