
पूर्णपुष्टि, चैत्र ९ । रौतामाई गाउँपालिकाका अग्नी पिडित राम बहादुर मगरलाई पालिकाले आर्थिक लगायतको आवश्यक सामाग्री सहयोग गरेको छ । चैत्र २६ गते शुक्रबार पालिकाको ८ नं वडामा मगरको घर सँगै दुई बच्चाको समेत मृत्यु भएको थियो । आगलागीले धन जन गुमाएका मगरलाई रौतामाई गाउँपालिकाले ५० हजार र पालिका अध्यक्ष कोषबाट थप १० हजार गरी ६० हजार आर्थिक सहयोग साथै ६ बन्डेल जस्ता समेत सहयोग गरेको जनाईएको छ । उक्त आर्थिक सहयोग र जस्ता पालिका अध्यक्ष बिरेन्द्र मगर, उपाध्यक्ष भुपेन्द्र थापा पालिकाका कर्मचारीहरु र स्थानीयहरु बिच प्रदान गरिएको पालिकाकी कर्मचारी कोपिला मगरले जनाईन् ।

