Tuesday, June 2News That Matters

रौतामाई गाउँपालिकाका युवा कृषकलाई हाते ट्याक्टर सहयोग

रौतामाई/जेष्ठ, १८

रौतामाई गाउँपालिकाले पालिका भित्रका युवा कृषकहरुलाई थप सहज र छरितो बनाउन हाते ट्याक्टर सहयोग गरेका छन् । रौतामाइ गाउँपालिकाको कृषि शाखा अन्तर्गत २० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको हो । ६ हर्स पावर र ९ हर्स पावरको दुइथरीको ट्याक्टर कृषकहरुलाई वितरण गरिएको छ ।

पालिका भित्रका भिन्न वडाहरुमा कृषि क्षेत्रमा आत्मानिर्भर रहेका कृषकहरुलाई बिषेश प्राथामिकतामा राखेर ट्याक्टर वितरण गरिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताउनुभयो । उहाँले धेरै उब्जाउ गर्ने र कृषिलाई पेशा गरेर आत्मानिर्भर भएका कृषकहरुलाई थप सहज ल्यान पालिकाले समेत यसमा लगानी गरेको बताउनुभयो । कृषकहरुले पनि आफ्नो मेहनत र उब्जाउ अनुसार ट्याक्टरमा लगानी लगाएर लगेका छन् ।

ट्याक्टरको मुल्य ९ हर्स पावरकोलाई ७४ हजार र ६ हर्स पावरको लाइ ६४ हजार पर्ने अध्यक्ष खड्काले बताउनुभयो । यसमा पालिकाले ९ हर्स र ६ हर्स दुवै थरीको ट्याक्टरलाई ५० हजार लगानी लागाइदिएको छ । बाँकी कृषकहरुले लगाएर ट्याक्टर खरिद गरेको हो । ७४ हजारको ९ हर्स पावरलाई २४ हजार र ६४ हजारको ६ हर्स पावरकोलाई १४ हजार कृषकले लगानी लगाएको छ ।

कृषको २० प्रतिशत बराबरको लगानी र बाँकी पालिकाको अनुदानमा ट्याक्टर सहयोग भएको हो । ट्याक्टर पालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले शुक्रबार कृषकहरुलाई वितरण गर्नुभएको थियो ।