Wednesday, June 17News That Matters

रौतामाईमा पालिका अध्यक्षको तलब बाट अग्नी पिडितलाई आर्थिक सहयोग

पूर्णपुष्टि, माघ २४ गते ।
रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्र कुमार मगरले आफ्नो तलब सुविधा बाट अग्नी पिडितलाई आर्थिक सहयोग गरेको छ । पालिकाको ४ नं वडा नचने बतासेका बम बहादुर मगरलाई पालिका अध्यक्ष बिरेन्द्र मगरले आफ्नो तलब सुविधा बाट रु २६ हजार बराबरको आर्थिक सहयोग गरेका हुन् । मगरको बुधबार आगलागी हुँदा दुई तल्ले घर जलेर पूर्ण रुपमा क्षती पुगेका थिए ।

उनको खाद्यन्न, लत्ता कपडा र अन्य महत्वपूर्ण सामाग्रीहरु जलेर नष्ट भएका थिए । उनिलाई अहिले सबैको सहयोग चाहिएको छ । पालिका अध्यक्ष बिरेन्द्र मगरले आफ्नो पालिकावासीहरुलाई पिडामा सहयोग गर्ने चुनावमै प्रतिवद्धता दिएका थिए । उनले पालिकाको तर्फबाट पनि सक्दो सहयोग गर्ने भन्दै आफ्नो सुविधाबाट पनि सकेको सहयोग गरेको जनाए । मगरले आफुले पाउने तलब सुविधा अध्यक्ष कोषमा जम्मा गरी मंगलबार पिडितलाई चेक हस्तान्तरण गरेको पालिकाकी कर्मचारी कोपिला मगरले बताईन् ।