
पूर्णपुष्टि, वैशाख २० ।
उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुची (राजाबास) स्थित क्वारेन्टाइनमा रहेका १६ जनाको आज भएको आरडिटी टेस्टमा सबैको नेगेटिभ रिपोर्ट आएको छ ।
जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदी नेतृत्वको स्वास्थ्यकर्मी टोलीले गरेको आरडिटी परिक्षणबाट उनीहरुको रिपोर्ट नेगेटिभ आएको पालिकका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयो । सोही क्वारेन्टाइनमा एक युवाले विहिबार राती झुण्डिएर आत्महत्या गरेका थिए ।
उनीहरुले क्वारेन्टाइनमा बस्ने अवधि पुरा गरेपछि आरडीटी परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएपछि सबैलाई घर पठाइएको अध्यक्ष खड्काले बताउनुभयो । उनीहरु सबै वडा नं. ७ कै रहेका थिए ।
अव मुर्कुचीको क्वारेन्टाइनमा ३४ जना बाँकी रहेका छन् । उनीहरु पोखराको धान्द्रुकमा मजदुरी काममा गएर गाउँ फर्केकाहरु हुन् ।
जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले उदयपुरगढी गाउँपालिकामा विदेशबाट आएका पाँच जनाको पनि आरडिटि परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।
