Sunday, June 28News That Matters

लकडाउन अबधिभर अत्माहत्या गर्नेको संख्या, कुन प्रदेशमा कति

पूणर्पुष्टि, जेष्ठ, २७

नेपालमा पछिल्लो समय आत्माहत्या गर्नेको संख्या तिव्र भएर गएको छ । लकडाउनको अवस्थामा मुख्यतया आधारभुत आवश्यकताहरु परिपुर्ति हुन नसक्दा आत्माहत्या बढेको मनोविद् साइकोलोजिसहरुको प्रतिक्रिया छ । यतिमात्र होइन लकडाउनको यो समयमा अन्य बिभिन्न समस्याहरु पनि रहेको छ । अन्यौल्ता अनिश्चिता, काम गुमाउनु परेको समस्या, परर्देशमै बन्देज, पारिवारक समस्थामा थप जटिल, आफन्तहरुलाई कोरोना संक्रमणको त्रास र चिन्ता जस्ता समस्याले मानसिक चिन्ता (डिप्रेसनमामा मदत पुगेको मनोविद्हरुको भनाई छ ।

डिप्रेसनले आत्माहत्याको अवस्था सम्म सजिलै पुराउन सक्ने र डिप्रेसन भइहालेकाहरुलाई पनि लकडाउनका कारण उपचारको विधि सरल र सहज नहुदा हत्याको संख्या बढेर गएको मानसिक स्वास्थ्य तथा परामर्शका मनोविद् करुणा कुँवरले बताउनुभयो ।

लकडाउन अबधिमा देशैभर १ हजार  १ सय ५ जनाले आत्मा हत्या गरेको तथ्याङ छ । जस मध्ये प्रदेश नं ५ मा २४२, बाग्मतिमा २३१, प्रदेश नं १ मा १८६, प्रदेश २ मा १५२, गण्डकी प्रदेशमा १२१ सुदुरपश्चिम प्रदेशमा ११५, र कणर्ाली प्रदेशमा ५८ जना गरी जम्मा ११०५ जनाले आत्माहत्या गरिसकेको प्रहरीको तथ्याङकले देखाएको छ ।

नेपाल प्रहरी प्रवक्ता डिआईजी निरजबहादुर शाहीका अनुसार, लकडाउन सुरु भएको ११ चैतदेखी १७ जेठसम्मको अवधिमा एक हजार एक सय पाँच जनाले आत्महत्या गरेको तथ्यांक छ ।

जसमा ५२ जना बालक, ८६ जना बालिका, ३९६ जना महिला र ५ सय ७१ जना पुरुष रहेका छन् ।