Thursday, June 25News That Matters

लकडाउन थप कडाइ गर्न मन्त्रालयको निर्देशन

पूर्णपुष्टि, बैशाख १५ गते । 

लकडाउनलाई थप कडाइ गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।

सबै जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयले सोमबार परिपत्र गर्दै पास नभएका कुनै पनि गाडी आवत जावतमा रोक लगाउन निर्देशन दिएको हो ।

बीच बाटोमा बिचल्लीमा परेका मजदुर र नागरिकको उद्धार भइसकेकाले थप कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

 

धेरै संख्यामा यात्रा गर्दा कोरोना भाईरसको संक्रमण हुने र थप जटिलता निम्तिन सक्ने खतरालाई विशेष ध्यान दिदै निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।