
पूर्णपुष्टि, चैत ११ ।
नेपाल लकडाउनकाे पहिलाे दिन अाज अपरान्हसम्ममा जिल्ला प्रहरी कार्यालय उदयपुरले एकसय भन्दा बढी सवारी साधनहरु नियन्त्रणमा लिएकाे छ ।
लकडाउनमा चलाइएका सवारी साधनहरु नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगरले बतनउनुभयाे । अधिकांश माेटरसाईकल नियन्त्रणमा छन् । विहान केही समय राेकेर सम्झाउने काम गरिएकाे थियाे । प्रहरीकाे गाडीमा माईकिङसमेत गरिएकाे थियाे । त्यसपछि पनि सन्चालनमा अाएका सवारी साधनहरु नियन्त्रणमा लिइएकाे वहाले बताउनुभयाे ।
गाईघाटकाे पिपलचाैक, मुख्यचाैक, टेम्पाेचाैक, बसपार्क क्षेत्रबाट धेरैजसाे सवारी साधन नियन्त्रणमा परेकाे ट्राफिक प्रहरी तिलक पाैडेलले बताउनु भयाे । त्यस्तै माेतिगडा, बगाहा, देउरी, जलजले, चुहाडे, राजाबास क्षेत्रमा पनि कडाई गरिएकाे छ ।
प्रशासनले जिल्लाभर नै सुरक्षाकर्मी तैनाथ गरि कडाई गरेकाे छ । अहिलेसम्म मानिसलाई नियन्त्रणमा लिन भने नपरेकाे प्रहरीकाे भनमई छ ।
काेराेना भाईरसकाे संक्रमणबाट बच्नु पर्ने अहिलेकाे जटिल परिस्थितिलाई नागरिकहरू अाफैले बुझेर सतर्क र सुरक्षित रहन सरकारकाे अाव्हान छ । नागरिककै स्वास्थ्य सुरक्षाकाे निम्ति लकडाउन गरिएकाे भन्दै अटेर गर्नेहरु कारवाहीमा पर्ने जनाइएकाे छ ।
