Monday, April 20News That Matters

लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीको अवसर पारी मोतीगडामा बाचक तथा भव्य स्मृति कार्यक्रम

पूर्णपुष्टि, कार्तिक १४
माहाकविको लक्ष्मी प्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीको अवसर पारी उदयपुरमा अग्रज साहित्यकारहरुले बाचन तथा स्मृति सभा कार्यक्रम भव्य गरेको छ । शनिवार मोतिगडाको रामजानिकी मा.वि.मा भव्य साहित्य कार्यक्रम सहित देवकोटाको जन्मजयन्ती मनाईएको हो ।

कार्यक्रममा उपस्थित उदयपुरका केहि अग्रज साहित्य सर्जकहरु

लक्ष्मी प्रसाद देवकोटा माहाकवि हुन् । उनि विना साहित्य अझै पनि अपुरो नै रहने भन्दै भौतिक शरिर मरेर गएपनि काम र नाम सँधै जिवित राख्न पछिल्लो पुस्ताको अग्रज सर्जकहरुले देवकोटाको जन्मजयन्तीलाई निकै महत्व दिने गरेका छन् । देशव्यापी रुपमा शनिवार साहित्य कार्यक्रमहरु गरी देवकोटाको जन्मजयन्ती मनाईरहँदा गाईघाटमा उदयपुरका अग्रज साहित्यकारहरुको उपस्थितिमा सो कार्यक्रम भव्य मनाईयो ।मोति काव्य समूहको आयोजनामा साहित्य सम्बन्धि गोष्ठी तथा समिक्षा समेत गरिएको थियो । कार्यक्रममा जिल्लाको अग्रज साहित्य सर्जकहरुले कविता, गजल, गितहरु प्रस्तुत गरी कार्यक्रमलाई सफल बनाएको थियो ।

ज्ञान वहादुर बस्नेतको सभापतिमा भएको कार्यक्रमा पुराना अनुभवि सर्जकहरु पुन्य बहादुर कार्की, उद्धब घिमिरे, कुल बहादुर बस्नेत, दिनेशराज थापा, गोठकृष्ण ठकुरी, गोपाल कृति र अरुण राई (दोभान) ले आफ्नो साहित्यहरु प्रस्तुत गर्नुभयो । प्रस्तुत भएको साहित्यलाई अग्रज साहित्यकार तथा कथा लेखक शारदा प्रसाद भट्राईले समिक्षा र मुल्याङकन गर्नुभयो । भट्राईले अन्तिममा आफ्नो पनि कविता कुपुत्र पुत्र शिर्षकमा प्रस्तुत गर्दै शमिक्षा कार्यक्रम सकाउनुभयो ।

तस्विरहरु