Friday, May 15News That Matters

ललितपुरको कुसुन्तीमा जेष्ठ नागरिकको हातबाट वनवे ड्राइभिङ स्कुल उद्घाटन

पूर्णपुष्टि संवाददाता
१ जेठ, २०८३ । ललितपुर
ललितपुरको वडा नम्बर १३ कुसुन्तीमा आज जेष्ठ नागरिक ८८ वर्षीय हिराबहादुर मालीको हातबाट वन-वे ड्राइभिङ स्कुलको उद्घाटन भएको छ । वन-वे ड्राइभिङ स्कुल ललितपुर प्राइभेट लिमिटेडले सञ्चालन गरेको ड्राइभिङ स्कुलको जेष्ठ नागरिकको हातबाट रिबन काटेर औपचारिक उद्घाटन भएको हो ।

मूल्यमा होइन सेवामा प्रतिस्पर्धा गर्छौं भन्ने नारासहित उक्त ड्राइभिङ स्कुल समाजसेवी एवं सञ्चारकर्मी उत्तम राईसमेतको तीनजनाको साझेदारीमा सञ्चालनमा आएको हो । यो व्यवसायलाई सेवाको रूपमासमेत सञ्चालनमा ल्याइएको सञ्चालक सदस्य राईले बताए ।
अर्का सञ्चालक प्रकाश मालिका अनुसार व्यवसायलाई पूर्ण विश्वसनीय र सेवाग्राहीलाई सन्तुष्ट मिल्ने गरी काम गरिनेछ । बजारका अस्वस्थ प्रतिस्पर्धाकाबीच आफूहरू सेवाको भावले यो व्यवसाय सुरु गरेको अर्का सञ्चालक सदस्य दिनेश श्रेष्ठले बताए ।
चारपाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधन चलाउन सिक्न आउने जो कोहीलाई व्यावसायिक मर्यादित र अनुशासित ढङ्गले सिकाई दक्ष चालक बनाउने दाबी गरिएको छ । छोटो समयमै सिकेर लाइसेन्स प्राप्त गर्न र विदेश जानको लागि सिक्न आउनेका लागि विशेष प्याकेजको व्यवस्था रहेको जनाइएको छ ।
ड्राइभिङ स्कुलले सिकाइका लागि पर्याप्त पूर्वाधार, जनशक्ति र आवश्यक संरचनाहरू तयार गरेको छ । सुरुवातको समयमै सिक्नेहरूको आकर्षण बढ्दो रहेको जनाइएको छ ।