Monday, June 29News That Matters

ललितपुरमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ ११

ललितपुरको किष्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्थायी घर अर्घाखाँची  रेसुङ्गा नगपालिका भई हाल काठमाण्डौको तार्केश्वर नगरपालिका– ११ नेपालटारमा बस्दै आएका ५५ वर्षीय पुरुषको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ ।

गत आइतबार अस्पताल भर्ना भएका पुरुषमा मंगलबार कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा हिजो बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ ।