Saturday, May 16News That Matters

लागु औषध सहित दुई जना पक्राउ

उदयपुर, साउन २३ गते ।

उदयपुरमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–६ को चुरे जंगलमा चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार दुई जना पक्राउ परेका हुन् ।

कदमाहाबाट जलजले तर्फ आउँदै गरेको स ९ प ८२५१ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार त्रिनपा–६ जलजले निबासी २७ वर्षीय मनोज चौधरी र ३० वर्षीय सन्तोष चौधरीलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुई जनाको साथबाट २ सय ग्राम गाँजा लागु औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मोटरसाईकल सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।