
पूर्णपुष्टि, चैत ९
झापा र सुनसरीका तीन छुट्टाछुट्टै स्थानबाट हिजो दिउँसो लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ६ जनालाई पक्राउ गरेको हो ।
नगरपालिका–३ बाट लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कचनकवल गाँउपालिका–६ का २५ बर्षीय पञ्चानन्द राजवंशी, कचनकवल गाँउपालिका–७ का ५० बर्षीय हेमनायायण राजवंशी, मोरङ उर्लावारी–६ का २० बर्षीय बिष्णु पोदार र उर्लावारी–५ का १६ बर्षीय बालक रहेका छन् । उनीहरुको साथबाट प्रहरीले एन्फाटामाईन आईस ६० ग्राम र ब्राउनसुगर ८० ग्राम बरामद गरेको छ ।
यसैगरी झापाकै बुद्धशान्ती गाउँपालिका–३ बाट स्थानीय २६ बर्षीय सुवास लिम्बु ब्राउनसुगर सहित पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यस्तै सुनसरीको धरान उप–महानगरपालिका–२ बाट पाँचथरको फिदिम नगरपालिका–१ का २३ बर्षीय सुवास आचार्य लागुऔषध सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले आचार्यलाई ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
