
पूर्णपुष्टि, जेष्ठ ४ । सुनसरीको रामधुनी नगरपालिका–६ ईचौल स्थितमा लागुऔषध ओसार पसारमा संलग्न २ जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागुऔषध ओसार पसारमा संलग्न सप्तकोशी नगरपालिका–५ सप्तरीका ३५ बर्षिय श्याम सुन्दर खंग र ईटहरी उप–महानगरपालिका–५ सुनसरीका ४० बर्षिय श्याम प्रसाद निरौलालाई गोली प्रहार गरी पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । ।
बिहिबार साझँ लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेका उनिहरुलाई चेक जाँच गर्दा प्रहरी माथी नै आक्रमण गरेको प्रहरीको भनाई छ । त्यस पश्चात प्रहरीले प्रतिकार स्वरुप १ राउण्ड गोली प्रहार गर्दा खंगको पिडुँलामा लागि घाईते भएको र संलग्न दुवै जनालाई २१० ग्राम ७३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गोली लागी घाईते भएका खंगको सान्वी सिटी अस्पताल लविपुरमा प्रहरीको निग्रानीमा उपचार भई रहेको छ भने घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
