
पूर्णपुष्टि, भदौ ८ गते ।
लागुऔषध कारोबारमा संग्लग्न एक जना भारतीय नागरिकसहित झापाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विशेस सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरु तीनै जनालाई पक्राउ गरेको हो । हल्दिवारी गाउँपालिका–४ का ३५ वर्षीय जेमिल महमदलाई सोमबार राती जलथलबाट लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो भने महमदको बयानको आधारमा बिर्तामोड नगरपालिका–५ का २५ वर्षीय अर्जुन राजवंशी र भारत किसनगञ्जका २८ वर्षीय जम्सेद आलमालाई मंगलबार बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ७ ग्राम ९२० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद ७९ हजार बरामद गरेको छ । लागुऔषध र नगदसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।
