Tuesday, June 9News That Matters

लागुऔषध खैरोहिरोईन सहित ५ पक्राउ

पूर्णपुष्टि,माघ १२

प्रदेश नम्बर १ का छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको बिर्तामोड–४ भद्रपुर रोड स्थित र बिर्तामोड–६ बुटाबारी एरियाबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गाँउपालिका–५ शर्णामतीका ३० बर्षीय मिलन राजवंशी, बुटाबारी बिर्तामोड–६ का २० बर्षीय सुनिल राई र बिर्तामोड–७ का २३ बर्षीय रुपेश गुरुङ रहेका छन् । उनीहरुलाई १९ ग्राम ६० मिलिग्राम  खैरोहिरोईन ब्राउनसुगर सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सुराकका आधारमा उनीहरु तिनै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आईताबार पक्राउ थियो ।

त्यसैगरी आईताबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ मगर चोक  एरियाबाट १ हजार २ सय ग्राम  गाँजा सहित बुद्धशान्ती–१ का ५३ बर्षीय लक्ष्मी प्रसाद खतिवडालाई पक्राउ गरेको छ ।

त्यस्तै मोरङ बिराटनगर–१५ स्थित सिमा एरियाबाट भारतिय नागरिक लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगवनी–१० का १७ बर्षीय कालु कुमार शर्मा रहेका छन् । उनलाई आईताबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले निट्राभेट–७५ ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन–४० ट्याब्लेट र डाइलेक्सि डिसी–५ बोतल लागुऔषध सहित पक्राउ गरेको हो ।

यसरी प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका पाचै जना माथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।