
पूर्णपुष्टि, साउन ४
मोरङको उर्लाबारी नगरपालिका–२ स्थितबाट निषेधित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–२ का २० बर्षीय नविन पुरीको घरबाट उर्लावारी ३ का रकि धिमाल, उर्लाबारी–२ का उज्वल थापा र २८ बर्षीय सुमित राई रहेका छन् ।
हिजो बेलुका साढे ६ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले पुरीको घरबाट ४ जनालाई निषेधित औषधि ट्रामाडोल ६ सय ४४ क्यापसुल र स्पास्पेन ७ सय २० ट्यावलेट सहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।
