Wednesday, June 17News That Matters

लागुऔषध ब्राउन सुगर कारोबारमा संलग्न आमा–छोरा सहित ३ पक्राउ

पूर्णपुष्टि, भाद्र ३१ गते ।
दुई छ्ट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–४ सुनसरीका २२ बर्षीय बिशाल भुजेल र बिर्तामोड–४ बस्ने ३८ बर्षीया सुगन्दा अन्सारी र उनको १७ बर्षीय छोरा अर्मान अन्सारी रहेका छन् ।हिजो बेलुका लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर –१५ स्थितमा चेक जाँचको क्रममा को.३५ प २२६६ नम्बरको मोटरसाईकल चालक भुजेलको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

त्यस्तै झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट आमा छोरालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा लागुऔषध ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यलय अनारमनिबाट खटिएको प्रहरी टोलीले घर भित्र प्लास्टिकमा प्याकिङ गरिरहेको अवस्थामा १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै आमा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।