Tuesday, June 9News That Matters

लागुऔषध ब्राउनसुगर सहित युवक पक्राउ

पूर्णपुष्टि, माघ १८
झापाको मेचिनगर नगरपालिका–६ मेचिपुलबाट प्रहरीले नियन्त्रीत लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचिनगर –११ का २३ बर्षीय सेवन उराव रहेका छन ।

सोमबार दिउँसो साढे १ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ पैदल आउदै गरेको अवस्थामा उरावलाई ६ ग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित पक्राउ परेका उरावको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।