Wednesday, June 3News That Matters

लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

पूर्णपुष्टि, चैत १ झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाख्रिवास नगरपालिका–३ धनकुटाका ३३ बर्षीया बिनोद घिमिरे रहेका छन ।

आज दिउँसो साढे १ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मेचीपुल छेउमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका घिमिरेलाई संकालागि चेक जाँच गर्दा निजको साथबाट २३ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका घिमिरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।