
पूर्णपुष्टि, चैत १ ।झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–७ का २३ बर्षीय रविन कटुवाल, उनको श्रीमती २१ बर्षीया अनिता बि.क, धरान–८ का ३० बर्षीय जंगमनी मगर र धरान–७ का २७ बर्षीय बिक्रम राई रहेका छन् ।
हिजो बेलुका झापाको दमक नगरपालिका–१ स्थितमा लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कटुवाल र उनको श्रीमतीलाई ६ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
सोही दिन मोरङको बिराटनगर महानगरपालिका–१५ ढाट स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको को. २७ प ८८९५ नम्बरको मोटरसाईकलको ट्याङकी मुनि लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले ८ ग्राम ७८ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर बरामद भएसँगै मगर र राईलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।
