Tuesday, April 21News That Matters

लागुऔषध ब्राउन सुगरको कारोबार गर्ने आमा छोरासहित ४ जना पक्राउ

पूर्णपुष्टि, मंसिर ६
लागुऔषध ब्राउन सुगरको कारोबार गर्ने आमा छोरासहित चार जना पक्राउ परेका छन् । दाङको तुलसीपुर–५ बस्ने ३८ वर्षीया सुशीला श्रेष्ठ, उनका छोरा १८ वर्षीय रोहन श्रेष्ठ र रोहनका दुई साथीलाई प्रहरीले पक्राउ गरेका हुन् ।
बुबाले भारतबाट ल्याउने र आमा छोराले पोका बनाएर डिलरको रूपमा बिक्रेताहरूलाई ब्राउन सुगर बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
ब्राउन सुगरको बिक्री भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डीएसपी श्यामु अर्यालको नेतृत्वमा खटिएको प्रहरी टोलीले आमा छोराले सँगै बसेर घरमै ब्राउन सुगरको पोका बनाइरहेको अवस्थामा पक्राउ गरेको थियो ।