Thursday, June 4News That Matters

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

पूर्णपुष्टि, चैत २५

सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा घर भई हाल धरान–१३ मा कोठा लिई बस्ने गरेका ५० बर्षीय काले बहादुर तामाङ, २० बर्षीय अभिषेक खड्का ,२१ बर्षीय मौषम नेपाली, ३९ बर्षीया मुना तामाङ रहेका छन् ।
बिशेष सुचनाका आधारमा हिजो राती पौने १२ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा निजहरुको साथबाट २ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।