Thursday, June 18News That Matters

लागुऔषध ब्राउनसुगर सहित २ युवक पक्राउ

पूर्णपुष्टि, साउन ८
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचिपुल छेउबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–४ बस्ने ३२ वर्षीय सनम श्रेष्ठ र सोही स्थान बस्ने २५ बर्षीय सन्दिप कुमाल रहेका छन् ।

शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका दुवै जनालाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । पक्राउ परेका दुवैको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।