Saturday, June 13News That Matters

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

पूर्णपुष्टि, असोज २३ गते ।
झापाको भद्रपुर नगरपालिका–४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो स्थानीय २० बर्षीय अनिल तामाङ र भद्रपुर नगरपालिका–३ का २० बर्षीय होमन लिम्बुलाई पक्राउ गरेको हो ।
१ ग्राम ३० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित भद्रपुर नगरपालिका–४ डांगीवारीबाट दुबैलाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।