
पूर्णपुष्टि, माघ १५ गते । लागुऔषध (गाँजा) मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT बाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका–४ का ४९ बर्षीय करुण राईलाई पक्राउ गरेको हो ।
झापा जिल्ला अदालतको मिति २०७९ असार ८ गतेको फैसला आदेशले १ बर्ष ३ महिना कैद र ५ हजार जरिवाना तोकेता पनी राई फरार रहेका थिए । फरार रहेका राईलाई गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई कैद भुक्तानको लागी जिल्ला कारागार झापा पठाइएको छ ।
