Saturday, June 6News That Matters

लागुऔषध सहित युवक पक्राउ

पूर्णपुष्टि, माघ १९ गते । मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा स्थितबाट प्रतिबन्धित औषधी सहित १ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे २ मोरङका २५ बर्षीय बिवेक मोते रहेका छन् । मोतेलाई अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित पक्राउ गरेको हो ।

हिजो दिउसो भारत जोगवनीबाट नेपाल तर्फ पैदल आउदै गरेका मोतेलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथबाट लुपिजेसिक ४९ एम्पुल, एभिल ५१ एम्पुल, फेनारगन ५१ एम्पुल र डाईजोपाम ५१ एम्पुल सहित २०२ एम्पुल बरामद गरेको हो ।
प्रक्राउ परेका मोतेको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।