Wednesday, August 5News That Matters

लागुऔषध सहित १ जना पक्राउ

पूर्णपुष्टि, मंसिर २३ गते

मोरङको बिराटनगर महानगरपलिका –१३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ केराबारी गाउपालिका १० का ३३ बर्षीय अरुण लिम्बु रहेका छन् ।

हिजो साँझ ७ बजे बिशेष सुचनाको आधारमा सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले रानीबाट बिराटनगर तर्फ आउदै गरेको बा ६३ प ३३४६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा सो मोटसाईकल सवार रहेका लिम्बुको साथबाट DIALX DC 100ML- 3 बोतल,  ESKUL 100ML- 2 बोतल र  SPAMO PROXYVON PLUS- 18 क्याप्सुल लागुऔषध फेला परेको थियो । पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।