Wednesday, July 1News That Matters

लागुऔषध सहित १ जना पक्राउ

मोरङ, बैशाख १७ गते । 

मोरङको बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागुऔषध सहित दिलबन्धुप्रसाद मोदी पक्राउ परेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटेका प्रहरी टोलीले बिराटनगर महानगरपालिका–५ का ३४ बर्षीय मोदीलाई १०० एमएल को डाईलक्स डि.सी. १५ बोतल, नाईट्भेट ट्याब्लेट ३० चक्की र स्पास्मोप्रोक्सिवन २४ चक्की सहित मंगलवार बेलुका साँडे ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मोदीमाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।