Thursday, May 14News That Matters

लागुऔषध सहित ३ जना पक्राउ

पूर्णपुष्टि, जेष्ठ २४

झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट २ जना र सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थितबाट १ जना लागुऔषध सहित पक्राउ परेका छन ।

हिजो दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर–७ का २५ बर्षीय अर्जुन बाँतर र मेचीनगर–६ का २५ बर्षीय दावा तामाङ १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र–५ सिमरबनका ५९ बर्षीय रत्न माझीलाई १६३ ग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ । (रासस)