Friday, May 8News That Matters

लागुऔषध हेरोईनसहित १ जना पक्राउ

सुनसरी, भाद्र १२

सुनसरीको धरान उप–महानगरपालिका–१३ बाट लागुऔषध खैरो हेरोईनसहित एक जना पक्राउ परेको छ । स्थानीय २० बर्षीय बिजय शेर्पालाई खैरो हेरोईनसहित विहिबार पक्राउ गरेको हो ।

आफ्नै कोठामा लुकाइ छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तीन ग्राम तीन सय मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान भईरहेको इप्रका धरानले जनाएको छ ।