Friday, June 26News That Matters

लागुऔषधसहित एक जना पक्राउ

पूर्णपुष्टि, फागुन ११ ।
मोरङको बिराटनगर महानगरपालिका–१२ स्थितबाट ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर–१२ का कुनाल सिंहलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
हिजो बेलुकी पौने ५ बजे बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँचको क्रममा सिंहलाई ब्राउन सुगर ३२ ग्राम, डिजिटल तराजु १ थान , को. ३३ प ३३१४ नम्वरको मोटरसाईकलसहित नियण्त्रणमा लिएको हो । प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका सिंहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।