
मोरङ, फागुन २३
मोरङको बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट लागुऔषधसहित बिराटनगर महानगरपालिका–६ का ३९ बर्षीय बिकाश अग्रवाल पक्राउ परेको हो ।
अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले अग्रवाललाई लागुऔषध नाईट्राभेट ३ सय चक्की र स्पास्मोप्रोक्सिवन १ सय १४ ट्याब्लेट सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका अग्रवालमाथी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
