
पूर्णपुष्टि, जेठ ८ गते ।
उदयपुरको बेलकाबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । बेलका नगरपालिका–२ बानडाँडाबाट लागुऔषधसहित विष्णु भन्ने मातृका सापकोटा लागुऔषधसहित पक्राउ परेको हो ।
भागलपुरबाट रामपुर तर्फ आउँदै गरेको प्र १ –०२–०४१ प ११८ नम्बरको मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लुपिजेसिक ६ एम्पुल, फेनागन ६ एम्पुल, डाजेल्याब ४ एम्पुल, डाजेल्याब २ (फुटेको) एम्पुल र १० ग्राम गाँजा फेला बरामद गरेको प्रहरीले जनाएको छ ।
सोही मोटरसाईकालमा सवार बेनपा–९ निबासी २३ वर्षीय सापकोटा र उक्त स्थान निबासी २५ वर्षीय सविन खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले प्रयोग गरको मोटरसाईकल पनि नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
