
पूर्णपुष्टि, असोज ९
चौदण्डिगढीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । चौदण्डिगढी नगरपालिका–४ नमुना चौकबाट लागुऔषधसहति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी बसाहाबाट खटेका विशेष प्रहरी टोलीले सप्तरीको फत्तेपुबाट बेल्टारतर्फ आउँदै गरेका चौदण्डिगढी नगरपालिका–६ लाफा चोक निबासी २० वर्षीय जुजुहाङ राई, चौनपा–७ साकेला चोक निबासी १५ वर्षीय सुजन परियार र चौनपा–७ लामे चौरी निबासी १८ वर्षीय नविन परियारलाई लागुऔषधसहित हिजो साँझ साढे ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट २१ ट्याब्लेट नाईट्राभेट बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
