Wednesday, April 22News That Matters

लागुऔषधसहित ६ जना युवायुवती पक्राउ

पूर्णपुष्टि, असार १८ । झापा, मोरङ, र सुनसरी जिल्लाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा सुनसरीको प्रहरी चौकी प्रकाशपुरबाट खटिएको टोलीले बराहक्षेत्र नगरपालिका–९ की २३ वर्षीय कञ्चना राई र १८ वर्षीय समन भुजेललाई ट्रामाडोल ३४० पिससहित पक्राउ गरेको हो। त्यसैगरी, धरान–१७ का २१ वर्षीय राजु साहलाई अस्थायी प्रहरी पोस्ट तीनकुने धरानबाट खटिएको टोलीले स्पास्मो ३५०० ट्याब्लेट र ओपोट्याब १७०० ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ।

मोरङको पथरी शनिश्चरे–१ का १८ वर्षीय नवराज मगरलाई ट्रामाडोल ३३ चक्की र स्पासमिड १२ चक्कीसहित इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । त्यस्तै, झापाको बिर्तामोड–७ का ३३ वर्षीय सुरज लामा र बिर्तामोड–५ का २२ वर्षीय विजय मगरलाई ४ ग्राम ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । लागुऔषधसहित पक्राउ परेका सबैको थप अनुसन्धान भइरहेको छ।