
पूर्णपुष्टि, भदौ ८
सलाईहीमा लागुऔषाध मोटरसाईकलमा राखेर निर्दोष पत्रकार फसाउने दुई जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धिरज यादव र जितेशकुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपीले सिद्धिबिक्रम शाहले घटनामा फरक तथ्य खुलेको बताउदै नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको जनाए ।
नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीले धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको छ ।’ उनको दाबीअनुसार त्यसपछि शहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएका थिए ।
सर्लाही प्रहरीले पनि निर्दोष व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरिएको स्वीकारेको छ । साथै गैरव्यवसायिक काम गर्ने दुई प्रहरीलाई निलम्बन गरिएको पनि शाहले बताए ।
हालै सार्वजनिक एक सीसी टीभी फुटेजमा लागूऔषध राखिदिएर पक्राउ गराइएको देखिएपछि अनुसन्धान थालिएको थियो । रौतहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो ।
