
पूर्णपुष्टि, भदौ २३
मोरङमा लागूऔषध गाँजाको कारोबार गर्ने तीन जनालाई हिजो बेलुका ५ बजे प्रहरीले पक्राउ गरेका छ । बेलबारी नगरपालिका–१ का ३५ वर्षीय सन्तोष राई, ३० वर्षीय ज्ञानु राज राई र धनकुटा शहीद भुमी गाउँपालिका–३ का २८ वर्षीय महेश्वर राईलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी टोलीले उनीहरुलाई गाँजा १९ केजी ६५० ग्रामसहित पक्राउ गरेको छ ।
गाँजा बिक्रि बितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सन्तोषको घरकोठाबाट ४ केजी ६५० ग्राम र ज्ञानुको घरकोठाबाट १५ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएपछी पक्राउ परेका उनीहरुलाई अनुसन्धान गर्ने क्रममा सो गाँजा महेश्वरबाट खरिद गरेको भन्ने खुल्न आएसँगै प्रहरीले महेश्वर समेत ३ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका तीनै जना उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
