Saturday, June 6News That Matters

लागूऔषधका फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, असार १३

लागुऔष मुद्दामा फरार प्रतिबादी पक्राउ परेको छ । लागूऔषधमा फरार प्रतिवादी त्रियुगा नगरपालिका–७  निबासी हाल त्रिनपा–३ बस्ने २७ वर्षिय राजकुमार चौधरीलाई पक्राउ परेको हो ।

चौधरी २०७० साउन ४ गते घरको कोठामा लुकाई छिपाई राखेको लागूऔषध नाईट्रजान ट्याबलेट १ हजार ७ सय, कोरेक्स ५ बोतल र गाँजा ३ सय ग्राम बरामद भएपनि वारदात स्थलबाटै फरार रहेको थियो  ।

फरार प्रतिवादीलाई निजकै घरबाट पक्राउ गरी लागू औषध मुद्दामा अनुसनधान भई रहेको प्रहरीले जनाएको छ ।