
पूर्णपुष्टि, वैशाख २
मोरङ बिराटनगर–१६ हुलास चौक स्थितबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । सुनसरी खनार–१० का १९ वर्षीय अर्जुन चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
बुधबार बेलुका ६ बजे लागु औषध ब्युरो बिराटनगरबाट खटिएको टोलीले चेकजाँचको क्रममा चौधरीलाई लागूऔषध नाईट्राभेट २२ चक्कीसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
