Tuesday, July 7News That Matters

लात्ती प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

पूर्णपुष्टि, पुष २७ गते ।
झापामा लात्ती प्रहारबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–९ मा डेरा गरी बस्दै आएका ३५ वर्षीय विश्वराज घिसिङ रहेका छन् ।

खाना नपकाएको विषयमा मंगलबार साझँ दम्पती बिच बिवाद भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए । उहाँका अनुसार श्रीमानले पेटमा लात्तीले हान्दा ३६ वर्षीया प्रमिला भुजेल घिसिङको घटना स्थलमै मृत्यु भएको हो । भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भई हाल यि दम्पती झापा अर्जुनधारा नगरपालिका–९ खरबन्दीमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ ।