
उदयपुर/चैत्र,२३
जनस्वास्थ्य कार्यलय उदयपुरले कोरोनाबाट बच्न सर्वसाधरणहरुलाई उच्च सतर्कता रहन सुझाव दिइएको छ । नेपालमा संक्रमणको स्थिति भयाबह भएमा अन्य मुलकको जस्तो व्यवस्था नरहेको भन्दै यसको पहिलो व्यवस्था र समधान नै रोकथाम रहेको जनस्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।
उहाँले नडराऔ, उच्च मनोवल बनाऔँ तर हेलचेकक्राई नगरौँ भन्दै यसको नियन्त्रणमा सबै लाग्नु पर्ने सुझाब दिनुभयो । उहाँले यसको नियन्त्रणमा सहयोग पुराउन सर्वसाधरणहरुले घरमै बसेर लकडाउनको पालना गर्नुपर्ने बताउनुभयो ।
नेपालमा ९ जनालाई यसको संक्रमण देखिएपछि थप सतर्कताहरु अपनाउनु पर्ने भन्दै उदयपुरमा पनि उच्च सतर्कता अपनाइएको छ । सुवेदीले बिभिन्न स्थानीय तहहरुले यसलाई पूर्ण ध्यानकेन्द्रित गरी स्वास्थ्य क्षेत्रलाई पनि प्राथामिकतामा राखेको बताउनुभयो ।
प्रमुख सुवेदीले उदयपुरबाट ५ जना बिरामीको स्वाब नमुना संकलन गरी पठाएको तर सबैको नेगेटिभ देखिएको बताउनु भएको छ । उहाँले बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान स्थित स्वाब पठाएको तर सबैको नेगेटिभ देखिएको बताउनुभयो । जिल्लामा ३ सय ९१ ओटा क्वारेन्टाईन रहेको छ भने ६२ जना क्वारेन्टाइनमा राखिएको छ । त्यसमा महिलाहरु ८ जना रहेको सुवेदीले बताउनुभयो ।
सुवेदीले जिल्लामा बिरामीहरुलाई स्वास्थ्यकर्मीहरुले पनि उच्चमनोवलका साथ हेरफेर गर्ने र निगरानीका साथ सुरक्षित तरिकाबाट ज्वरोको परिक्षण गरि आवश्यकता अनुरुपको सेवा दिने गरेको बताउनुभयो । स्वास्थ्यकर्मीहरु सँग प्रर्याप्त स्वास्थ्य सामागी्रहरु नभएपनि जोखिमलाई मोलेर स्वास्थ्य सेवामा हरपल लागि परेको जनस्वास्थ्य कार्यलयले बताए ।
उहाँले लकडाउनको पालना दिउँसो मात्रै जनताहरुले गरेर नहुने बताउनु भएको छ । कुनै पनि भाईरसहरु वेलुका वा विहान अझै क्रियाशिल रहने भन्दै बिहान बेलुकाको समयमा समेत बाहिर नहिड्न आग्रह गर्नुभयो । कुनै पनि भाइरसहरु चिसो तथा ओसिलो बेला अत्यादिक सक्रिय हुनेहुदा बिहिान वेलुका चिसो समय रहेको कारण यो समय अझै जोखिम रहने बताउनुभयो । उहाँले लकडाउनको पालना विहान, दिउँसो र बेलुका सबै समय गर्नु पर्ने बताउनुभयो ।
