
पुर्णपुष्टि,असोज ५
आजबाट देशभर हवाई सेवा सञ्चालनमा आएको छ । चैत्र महिनादेखि लगतार बन्द रहेको कुनै पनि उडानहरु संञ्चालन हुन नसकिरहेको अवस्थामा सुरक्षाको मापदण्ड र नयाँ नियम लागु गरी सरकारले असोज ५ गते बाट आन्तरिक उडालाई प्रथामिकता दिएको हो ।
विश्वभर पैmलिएको कोरोना भाइरसको कारण सुरु भएको लकडाउनले बन्द रहेको आन्तरिकतर्फको नियमित उडान आजदेखि खुले पछि यात्रुहरुलाई सहज हुन थालेको छ ।
नयाँ नियम अनुसार सुरक्षाको मापदण्ड अनुरुप हाललाई न्यूनतम संख्यामा मात्रै उडान सञ्चालन गर्ने नेपाल वायुसेवा कम्पनीहरूले जनाएका छन् ।
बिगतमा झै सबै उडानहरु संञ्चालन गर्न नसक्ने भएपनि पहिलेको संख्याको तुलनामा २५ प्रतिशतमात्रै उडान सञ्चालनमा ल्याउने कम्पनीहरुको भनाई छ ।
