
पूर्णपुष्टि, बैशाख ४ गते ।
त्रियुगा नगरपालिका–६ लालपत्ता स्थित रक्सा सामुदायिक वनमा वेवारिसे शव फेला परेको छ । तराई मुलका जस्तो देखि सेति कमिज र सेतो धोतो लगाएका अन्दाजी ६० वर्षीय पुरुष शव फेला परेको प्रहरीले जनाएको छ ।
वन क्षेत्रमा वेवारिसे शव छ भन्ने खबर पाउना साथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली घटना स्थल पुगेको थिो । शव हेर्दा करिब ८/१० दिन अगाडी नै मृत्यु भएको अनुमान गरिएको छ । शवमा किरा परि दुर्गन्धित भईसकेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म कुनै पहिचान खुल्न नसकेको र शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल उदयपुर ल्याएको जिप्रका उदयपुरले जनाएको छ ।
