
साउन २५ गते ।
इंग्लिस प्रिमियर लिगका पहिलो खेलमा लिभरपुलले शानदार जित हात पारेको छ । गएराति एन्फिल्डमा भएको खेलमा नर्विचलाई ४–१ गोलले पछिपार्दै जित हात पारेको हो ।
खेल सुरु भएको ७ औँ मिनेटमा नर्विचका कप्तान ग्रान्ट हान्लीले आत्मघाती गोल गरे । १९ औं मिनेटमा मोहम्मद सलाले गोल गरे भने २८ औं मिनेटमा भर्जिल भान डाइकले अर्को गोल गरे । त्यसैगरी ४२ औं मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुलको सानदार जित भएको थियो ।
पहिलो हाफमै ४–० को गोल गरेका लिभरपुलको गोल रक्षक एलिसन घाईते भएर मैदान बाहिरिएपछि मौकाको फाईदाउ उठाउदै दोस्रो हाफमा नर्विच सिटीका टिमु पोक्कीले एक गोल गर्दै चित्त बुझाएको थियो ।
