
पूर्णपुष्टि, मंसिर ९
उदयपुरको पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकाले पालिकाको सार्वजानिक बस सेवा आईतबार देखि संञ्चालनमा ल्याउने भएको छ । पालिकाले बस संञ्चालन सम्बन्धि सूचना प्रकाशित गर्दै मंसिर १२ आईतबारको दिन देखि बस संञ्चालनको तयारी भईरहेको जनाएको छ ।
पालिकाको जनताहरुलाई सुविधा सम्पन्न यात्रा र कम शुल्कमा आवतजावतलाई सहजिकरण गर्ने भन्दै पालिकाले बस खरिद गरेका थिए । सबै प्रक्रियाहरु पुरा गरी आईतबार देखी बस संञ्चालनमा ल्याउने तयारी भईरहेको पालिका अध्यक्ष मेजर कुमार राईले जानकारी दिनुभयो ।
उहाँले पालिकावासीहरुलाई गाईघाट सदरमुकाम सम्म जान र पालिका आउन सहज हुने भन्दै आफ्नो सुविधाका लागि खरिद हुने गाडी बापतको बजेटले जनताहरुका लागि बस खरिद गरी बस सेवा समेत संञ्चालन ल्याइएको जानाउनुभयो ।
पालिकाका लिम्चुङबुङ सार्वजानिक याताया सेवा नामक बस पालिका देखी गाईघाट सम्म संञ्चालनका लागि सबै प्रक्रियाहरु सम्पन्न गरी बाराहा गाईघाट रुटमा बस संञ्चालन गर्न लागिएको अध्यक्ष राईले बताउनुभयो । पालिकाको लागि टिकट काउन्टर बाराहा राईचोक कटुवाल भन्ज्याङ बाट देवराम कार्की, डिक्रम राई र गाईघाटका लागि काशिराज राईलाई सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । बस पालिका बाट बिहानको ८ बजे र गाईघाट बाट १० बजे छुट्ने समेत सूचनामा उल्लेख छ ।
हालै पालिकाकै बस सिधै संञ्चालनमा आएपछि स्थानीयवासीहरु हर्षित बनेका छन् । उनिहरुले आफ्नै पालिकाको गाडी चड्न पाउँदा आफै बसको मालिक भएको अनुभव समेत गरेको छ । व्यक्तिगत बस भएको भए व्यक्तिनै धनि हुन्थ्यो, तर पालिकाको गाडी भएकाले पालिकाको सबै जनताहरु धनि हुने र गाडी मालिकको हिस्सामा पनि अधिकार पाउने भन्दै उनिहरुले खुसी व्यक्त गरे ।
