Wednesday, June 17News That Matters

लिम्चुङबुङकाे सबै वडामा काराेना संक्रमण देखियाे

पूर्णपुष्टि, जेठ १० ।

लिम्चुङबुङ गाउँपालिकाको पछिल्लो रिपोर्ट अनुसार पालिकाको सबै वडामा कोरोना संक्रमण देखिएको छ । पाँच वटा वडाहरु मध्ये वडा नं। ३ बराहामा पछिल्लो अवस्थासम्म संक्रमण देखिएको थिएन । हिजोको परिक्षणबाट भने त्यस वडामा पनि देखिएपछि पालिकको सबै वडामा संक्रमण फैलिएको पुष्टि भएको छ ।

पछिल्लो पटक पालिकाको वडां। १ बाँसबोटेमा ६ जनामा परिक्षण गर्दा ४ जना पोजेटिभ र वडा नं। ३ बराहामा १२ जनामा परिक्षण गर्दा ५ जना गरी ९ जनामा पोजेटिभ देखिएको पालिकाले जनाएको छ । योसंगै पालिकाको तथ्यांकमा लिम्चुङबुङमा संक्रमितको कुलसंख्या ४६ पुगेको छ । हिजो नै निको हुनेको संख्या ९ रहेको छ । योसंगै पालिकामा निको हुनेको कुलसंख्या १० पुगेको छ । पालिकामा सक्रिय संक्रमितको संख्या ३५ रहेको पालिकाका निमित्त स्वास्थ्य प्रमुख कर्णशेर राईले बताउनुभयो । पालिकाको पछिल्लो संक्रमित र निको भएको संख्या याे समाचार तयार पर्दाकाे अवस्थामा जिल्ला स्वास्थ्य कार्यालयको रिपोर्टमा समेटिन बाँकी छ ।

यसैबीच, कोरोना महमारी विरुद्ध लडिरहेको त्रियुगा नगरपालिकालाई छिमेकी लघुवित्त संस्था शाखा गाईघाटले कोरोना कोषका लागि आर्थिक सहयोग गरेको छ । संस्थाले २० हजार रुपैया सहयोग गरेको हो । संस्थाले आज पालिकाका मेयर बलदेव चौधरीलाई चेक हस्तान्तरण गर्यो ।

त्रियुगा नगरपालिका वडा नंं। १४ मा पाँचबेडको आइसोलेशन निर्माण कार्य थालिएको छ । नगरपालिकाले हरेक वडामा पाँचबेडको आइसोलसन निर्माणको निर्णय गरे अनुरुप काम थालिएको वडासचिव रितकुमार राउतले जानकारी दिनुभयो ।  त्रियुगा नगरपालिका २ नम्बर वडाले आज टोलविकास संस्थाहरु मार्फत वडाबासीका लागि स्वास्थ्य सामग्री वितरण गरेको छ । वडाको १६ वटा टोल विकास संस्थालाई मास्क र सेनिटाइटर वितरणका लागि उपलब्ध गराएको हो । विभिन्न संघसंस्था तथा ब्यक्तिहरुबाट संकलित १० हजार रुपैयाबाट खरिद गरिएको मास्क र सेनिटाइजर वितरणका लागि टोल विकास संस्थालाई उपलब्ध गराएको वडाले जनाएको छ ।