Monday, April 20News That Matters

लिम्चुङबुङको एभरेष्ट भ्यु टपको लागि नेपाल सरकारले दुई करोड बजेट बिनियोजन गर्यो

पूर्णपुष्टि, असोज १३
लिम्चुङबुङ गाउँपालिकामा बन्दै गरेको एभरेष्ट भ्यु टपलाई नेपाल सरकार अर्थ मन्त्रालयले थप २ करोड बजेट छुट्याएको छ ।
१ नं प्रदेशकै प्रमुख पर्यटकीय स्थलको रुपमा निर्माण हुन लागेको एभरेष्ट भ्यु टपलाई नेपाल सरकार अर्थ मन्त्रालयले २ करोड बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष मेजर कुमार राईले बताए ।राईका अनुसार यस निर्माण हुने भ्यु टपबाट सगरमाथा लगायत छ ओटा हिमालहरुलाई नियाल्न सकिने छ । पर्यटकीय गन्यव्यको निकै राम्रो ठाउँ र दृश्यको स्रोत मानिएको यस ठाउँलाई पर्यटनका प्रमुख क्षेत्रको रुपमा विकास गर्न लागिएको अध्यक्ष राईले बताए ।यहाँ बाट रमाईलो दृश्य सहित बिभिन्न हिमालहरुलाई नियाली पर्यटको महसुस गर्न सकिने अध्यक्ष राईको भनाई छ ।
राईले लिम्चुङबुङ गाउँपालिका बिकासको लागि सहयोग गर्ने अर्थ मन्त्रालय तथा अर्थ मन्त्री, पर्यटन मन्त्रालयका सचिव र अन्य व्यक्तिहरु प्रति धन्यवाद व्यक्त गरे ।मन्त्रालयले गाईघाट हुँदै मुर्कुची–लिम्चुङबुङ– हलेसीको बैकल्पिक सगरमाथा राजमार्ग निर्माणका लागि पनि योजना समावेश गरिसकेको छ ।
क्रमबद्ध लिम्चुङबुङ विकासले पालिका अब जिरो बाट हिरो बन्दै गैरहेको अध्यक्ष राईले बताए ।