
पूर्णपुष्टि, जेष्ठ ७
लिम्चुङबुङ गाउँपालिकाले दोस्रो स्थानीय सरकार प्राप्त गरिसकेको छ । पहिलो कार्याकाल सकेर पून ः निर्वाचनमा होमिएका जनप्रतिनिधिहरु निर्वाचित भएर आउँदै गर्दा यो पटक भने लिम्चुङबुङले युवा पुस्ताको नेतृत्व पाएका छन् । यहाँ ४३ बर्ष देखी २८ बर्ष सम्मका युवाहरु निर्वाचित भएर पालिका संञ्चालन गर्ने तयारी रहेको छ । पालिका अध्यक्ष मेजर कुमार राई स्वयम पालिका नेतृत्वका लागि युवा पुस्ता मानिन्छ । पहिले पनि नेतृत्व सम्हालेका राईले दोस्रो कार्याकाल पनि सम्हाल्ने मौका पाएका छन् । राईको दोस्रो कार्याकालमा भने सबै वडाहरुमा युवाहरुले नेतृत्वको अवसरमा पाएका छन् । राईको हालको नेतृत्वहरु ४३ बर्षिय पुष्प लाल राई पालिका उपाध्यक्षको रुपमा निर्वाचित भएका छन् । उनि नेपाली कांग्रेस बाट उम्मेदवार थिए । राईले जनताहरुमाझ लोक प्रिय मत प्राप्त गर्दै पालिका उपाध्यक्षको जिम्मेवारीमा आईपुगेको हो । राईले ४४ बर्षिया एमालेकी देव कुमारी कार्की र ४२ बर्षिया स्वतन्त्र उम्मेदवार रमिला राईलाई पराजित गर्दै उपाध्यक्षमा बिजयी बने । स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिइएकी रमिला राई पहिलो कार्याकालमा उपाध्यक्षको नेृत्व गरेकी थिईन् ।

यसैगरी यस चुनावमा पालिका स्थित वडा तर्फका उम्मेदवारहरु सबै युवा पुस्ताका रहेका छन् । पालिकाको वडा नं १ मा नेकपा माओवादी बाट उम्मेदवार दिएका ३२ बर्षिय जनदिन थापा मगरले नेतृत्व पाएका छन् । उनले एमालेका ५८ बर्षका उम्मेदवार केशर बहादुर राई र ४६ बर्षिय स्वतन्त्र उम्मेदवार भिम वहादुर राईलाई पाखा लगाउँदै नेतृत्व कब्जा गरेका हुन् ।
यस्तै गरी वडा नं २ ताम्लीछामा ३२ बर्षिय जितेन्द्र राईले नेतृत्व पाएका छन् । उनलाई जनताहरुले नेृत्वमा पुराई रहँदा युवा पुस्ताको रुपमै आगमन भएको जनाईएको छ । माओवादी केन्द्रबाट उम्मेदवार दिएका राईले एमालेका ५४ बर्षिय बोध बहादुर थापा मगरलाई पराजित गर्दै वडाको नेतृत्वमा पकड जमाए ।
यस्तैगरी ३ नं वडा बारामा स्वतन्त्र उम्मेदवार २८ बर्षिय गुरुमणी कुमाईले नेतृत्व पाएका छन् । उनलाई पनि जनताहरुले जिताई रहँदा युवा पुस्ताकै रुपमा नेतृत्व पाएका हुन् । कुमाईले नेपाली कांग्रेसका ४३ बर्षिय कुल बहादुर खत्री र एमालेका ५३ बर्षिय डिग बहादुर राउतलाई हराउँदै वडाअध्यक्षको नेतृत्वमा पुगे ।
यसैगरी ४ नं वडामा पनि अर्का ३६ बर्षिय युवा छत्र बहादुर राई निर्वाचित भएका छन् । जनता समाजवादी बाट उम्मेदवारी दिएका राई पनि युवा पुस्तामाझ लोक प्रिय र विकास प्रेमी रहेको छ । राईले पनि एमालेका ५४ बर्षिय उम्मेदवार ज्ञान वहादुर राईलाई पराजित गरी नेतृत्वमा आएको हो ।
यसैगरी पालिकाको ५ नं वडामा नेपाली कांग्रेस बाट उम्मेदवारी दिएका ३३ बर्षिय कविचन्द्र राईले वडाको नेतृत्व तय गरेका छन् । एमालेका ५८ बर्षिय उम्मेदवार केशव बहादुर राई र ४६ बर्षिय स्वतन्त्र उम्मेदवार भिम वहादु राईलाई पराजित गर्दै राईले नेतृत्व सुरक्षित गरे । यस्तै गरी सोहि पालिकाका तत्काल नवनिर्वाचित मेजर कुमार राई पनि नेतृत्वका लागि युवा पुस्ताकै रुपमा मानिन्छ ४० बर्षिय राईले पालिका नेतृत्वमा सबै युवाहरु आएकोमा खुसी व्यक्त गर्दै अमुल्य मत प्रदान गर्ने जनताहरु प्रति धन्यवाद व्यक्त गरे । यो सँगै राईल देशकै नमुना पालिका बनाउने युवा नेतृत्व लिम्चुङबुङलाई प्राप्त भएको जनाएका छन् । राईले भनेका छन्,” लिम्चुङबुङले पाएको हामि सबै युवा नेतृत्वहरु ५ बर्षकाल लागि मात्र नभई १० बर्षका लागि निर्वाचित भएको जनाए । ५ बर्ष हैन् रात दिन दुवै जोडेर १० बर्ष जनताहरुको विकासे मैदानमा उत्रिने छौँ, राईले भने,
