Sunday, June 7News That Matters

लिम्चुङबुङमा अध्यक्ष कृषि कार्यक्रम सम्पन्न

दिनेश राई
जाँते, माघ २२

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा ५ दिने ‘अध्यक्ष कृषि कार्यक्रम सम्वन्धी बृहत अन्तरक्रिया सम्पन्न भएको छ । गाउँपालिकाको कृषि तथा पशु शाखाको आयोजनामा उक्त कार्यक्रम भएको हो । बढ्दो बैदेशिक रोजगारी र बसाईसराई दरले गाउँको जमिन बाँझीनुका साथै गाउँको जनसँख्या दिनप्रतिदिन घट्दै गएको गाउँपालिका अध्यक्ष मेजर कुमार राई वताए । त्यसैले उक्त भूमीको उपयोग गरी किसानलाई धनी बनाउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेकोराईले बताए । लिम्चुङबुङलाई उदयपुरकै अग्र्यानिक भिलेज बनाउने प्रमुख लक्ष्य रहेकोले युरिया, डिएपी, पोटास जस्ता बिषादी मल प्रयोग नगर्न र खुल्ला चरीचरण समेत बन्द गर्न किसानलाई आग्रह गरेका छन् ।‘हामी  आफ्नै अग्र्यानीक मल उत्पादन गर्न सक्छौ त्यसलाई प्राथमिकता दिनुपर्छ । उनी थप्छन् हामी बर्षसम्म भौतिक पूर्वाधार निर्माण गरी २ बर्षभित्र कृषिबाट किसानलाई धनी बनाउने योजनाका साथ अघि बढेका छौं । त्यसैले सवै सरोकारवाला संघ/संस्था, नागरिक समाज, बुद्धिजिवी, पत्रकार र शिक्षक बर्गमा यो अभियान सफल पार्नका लागि साथ सहयोग गर्न अपिल समेत गरेका छन् ।

उक्त कार्यक्रम माघ ४ गतेदेखि वडा नं. ५ जाँतेबाट सुरु गरी क्रमश बलम्ता, बाराहा, ताम्लिछा र बास्बोटेमा गरी समापन गरेको पशु शाखा प्रमूख मानवहादुर श्रेष्ठले वताएका छन् । श्रेष्ठका अनुसार सवै वडामा किसानहको सक्रिय सहभागीता रहेको र बृहत छलफल भएको बताए ।

सवै वडास्तरीय छलफलको तथ्यांक हेर्दा पशुतर्फ बाख्रा र लोकल कुखुरा पालनलाई किसानले छनौट गरेका छन् भने कृषितर्फ कागति, सुन्तला, केरा, कफि, अदुवा, बेसार, किवी, चिउरी, एभोकाडो खेतिलाई बिशेष महत्व दिएको कृषि शाखा प्रमूख गगन राईले वताए । राई भन्छन् माछा र मौरी पालनतर्फ पनि कृषकको उत्तिकै चाहना रहेको देखिन्छ ।

यो कृषकहरुसँग भएको पहिलो छलफल हो, फागुन पहिलो सातादेखि हामी दोश्रो चरणको छलफल गर्नेछौं र उक्त छलफलबाट प्राप्त तथ्यांकलाई अन्तिम दिएर वितरण तथा अनुगमनको कामलाई तिब्रता दिने योजना रहेको जानकारी दिए ।

त्यस्तै कृषि तथा पशुतर्फ गाउँपालिकाले ७५ प्रतिशत अनुदान दिने व्यवस्था रहेको छ भने किसानले पनि २५ प्रतिशत अनिबार्य रुपमा लगानी गर्नुपर्ने कार्यविधी बनेको राईले बताए । त्यसैगरी, प्रमूख प्रशासकीय अधिकृत टार्जन लिम्बुका अनुसार बृहत छलफल तथा अन्तरक्रियाबाट प्राप्त तथ्यांकको आधारमा कृषकको इच्छा अनुसार नै कार्यक्रमलाई अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को कूल बजेटबाट १ करोड बिनियोजन हुने गरी बजेट छुट्याएको समेत वताए  । ‘हामी आधुनिक कृषिखेति र पशुपालन प्रणलीबाट नै किसानको जीवनमा आर्थिक उन्नति देखेर ‘अध्यक्ष कृषि कार्यक्रम’लाई अघि सारेका हौं । यसले बैदेशिक रोजगारीमा जाने युवापिढी र तराईतर्फ बसाईसराई गरेर जाने दरलाई समेत रोक्ने बिश्वास लिएको लिम्बुले बताए ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, कृषि कर्मचारी, राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवी, पत्रकार, सल्लाहकार र कृषकहको सहभागीता रहेको थियो । भने अधिकांश किसानह?ले बाँदर, दुम्सी आतंक र खुल्ला चरीचरण नियन्त्रण गर्नुपर्ने माग राखेका छन् ।